Comments Add Comment

युईएलाई दुई पटक हराएको नेपालले पुनः दियो १६३ रनको लक्ष्य

काठमाडौं, १० कात्तिक । नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई १ सय ६३ रनको लक्ष्य दिएको छ ।


त्रिकोणात्मक टी–२० अन्तरराष्ट्रिय सिरिजअन्तर्गत युएईलाई  नेपालले १ सय ६३ रनको लक्ष्य दिएको हो ।

त्रिभुवन बिश्वबिद्यालयस्थित खेल मैदानमा जारी खेलमा नेपालले आठ विकेट गुमाएर १ सय ६२ रन बनाउन सफल भएको थियो । 

टस हारेर ब्याटीङमा उत्रेको नेपालले युएईमाथि ह्याट्रिक जित निकाल्ने दाउमा छ। नेपालले यसअघि युएईका साथै हङकङलाई पराजित गरेर फाइनल म्याचमा पुगेको हो । 

जसअनुसार नेपालले पहिलो खेलमा युएईलाई ७ विकेट पराजित गरेको थियो भने दोस्रो खेलमा ५ विकेटले हराएर अहिलेसम्मको यात्रा तय गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ