Comments Add Comment

सुसाङ्गमा स्मृति अक्षयकोषबाट विद्यार्थीलाइ सुईटर बितरण

रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिकामा “सुसाङ्गमा स्मृति अक्षयकोष २०७३” बाट विद्यार्थीहरुलाई न्यानो कपडा (सुईटर) र बेल्ड बितरण गरिएको छ। कुम्मायक–१ यासोक बजार स्थीत अमृत आधारभूत विद्यालयका विद्यार्थीहरुलाई अक्षयकोषको व्याजदर रकमबाट न्यानो कपडा (सुईटर) र बेल्ड बितरण गरिएको हो। बुधवार विद्यालमा आयोजित एक कार्यक्रमका वीच कक्षा १–५ का ५० विद्यार्थीलाई न्यानो कपडा र बेल्ड बितरण गरिएको प्र.अ. भेष बहादुर लावतीले बताए।


कुम्मायक–१ स्थायी घर भई हाल बेलायत बसोवास गर्दै आएका अम्बर फेवादेन र देविन्द्र कुमारी सेर्मा फेवादेनले स्व. छोरी सुसाङ्गमा फेवादेनको स्मृतिमा २०७३ सालमा ३ लाखको अक्षयकोष स्थापना गरेको अक्षयकोष संचालक पदम फेवादेनले जनाए। विद्यालयमा अक्षयकोषको बार्षिक व्याजदरबाट वर्षेनी विद्यार्थीलाई छात्रवृति प्रदान गर्दै आएको छ।  कार्यक्रम सिद्ध मा.वि. तिङ्देनका प्र.अ. नरेन्द्र सम्बाहाम्फे, अमृत आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष उर्मिला निरौला लगायतको उपस्थितिमा सम्पन्न भएको हो । 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ