फुङ्लिङ, ३१ वैशाखः
ताप्लेजुङको फुङ्लिङ नगरपालिका—११ बैशाखे खर्कस्थित भेंडागोठमा भेंडाको दूध दुहुँदै गोठाला । किसानले भेंडाको दूधबाट दही,मही र घ्यु बनाउने गर्छन्। ताप्लेजुङमा भेंडाको घ्युु प्रतिकिलो रु दुई हजारमा खरिद बिक्री हुँदै आएको छ। भेंडाको घ्यु दैनिक रुपमा भुटुनको रुपमा प्रयोग गर्नुका साथै आगोले पोलेकाका लागि र विभिन्न प्रकारका रोगहरुका लागि औषधिको रुपमा प्रयोग हुने गर्छ। पछिल्लो समयमा चरनको अभाव र युवा पुस्ताले भेंडापालन प्रति चासो नदिएकाले भेंडागोठ लोप हुँदै गएको छ। तस्बिरः दिलकुमार लिम्बू÷रासस
.png)