पाँचथर: प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा फाल्गुनन्द गाउँपालिका वडा नम्बर १ की ११५ वर्षकी मनरानी आङदेम्बेले मतदान गरेकी छिन्।
आइतबार उनले तिर्तिरे आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी हुन् । उनको नागरिकताको प्रमाणपत्रमा जन्ममिति १९६४ साल जेठ ११ गते उल्लेख छ ।
यस्तै,इलामको जिल्ला फाकफोकथुम गाउँपालिका वडा नम्बर ७ स्थित सिंहदेवी माध्यमिक विद्यालय शिकारी भञ्ज्याङ मतदान स्थलबाट ११५ वर्षीय मनबहादुर राईले मतदान गरेका छन् । उनको पनि नागरिकतामा १९६४ सालको जन्म मिति खुलाइएको छ ।

.png)