Comments Add Comment

शहिद स्मारक लिगः रंगशालामा दुई र च्यासलमा एक खेल हुदैँ

काठमाडाै‌, २ जेठ । शहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुदैँछन् । 

जसअनुसार दुईवटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने अर्को एक खेल च्यासल खेल मैदान, ललितपुरमा हुनेछ ।

अखिल नेपाल फुटवल संघ (एन्फा)का अनुसार च्यासल खेल मैदानमा प्रहरीका दुई बिभागीय टोली बिच प्रतिस्पर्धा हुनेछ ।

जसअनुसार सो मैदानमा नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लक एक आपसमा भिडनेछन् । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

यसैगरी, दशरथ रंगशालामा दिउँसो ३ बजे पहिलो खेल सुरु हुनेछ, जुन खेलमा थ्रि स्टार क्लब र त्रिभुवन आर्मी क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ ।

रंगशालामा नै हुने दोस्रो खेलमा सातदोबाटो युथ क्लब र चर्च ब्वाईज भिडनेछन । जुन खेल साँझ ६ बजेवाट सुरु हुनेछ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ