Comments Add Comment

लम्पी स्किन प्रभावित क्षेत्रमा पशु प्राविधिक परिचालन 

रमेश थापा
पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिकाले लम्पी स्किन प्रभावित क्षेत्रमा पशु प्राविधिक खटाएको छ। लम्पी स्किनको संक्रमणले धमाधम पशुचौपाय मर्न थालेपछि गाउँपालिकाले संक्रमण रोकथाम गर्न प्राविधिकको टोलि खटाएको हो। सबै भन्दा प्रभावित कुम्मायक–१ स्थीत ओखलढुङ्गा, होक्लुम्बा र सिम्लेका किसानले पालेका ३ वटा पशुचौपाय मरेका छन। 
लम्पी स्किनले स्थानीय दान बहादुर पौडेलको गोरु र गाई गरी २ वटा चौपाय मरेका छन। भने लोक बहादुर थापाको एउटा गाई मरेको छ। त्यस्तै सोही वडाका अर्का किसान टेक बहादुर बुढाथोकीको हलगोरु केही दिनदेखि थला परेका छन। संक्रमणबाट किसानलाई थप क्षति हुनबाट रोक्न भ्याक्सिन सहित प्राविधिकलाई खटाइएको वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले बताए। पशु प्राविधि सहित गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्का, वडाअध्यक्ष देबेन्द्रकुमार लावती, इन्जिनियर महेन्द्र बाँस्कोटा सहितको टोलिले प्रभावित क्षेत्रको अनुगमन र निरीक्षण गरेको थियो। 
कुम्मायकका किसानले पालेका गाई गोरुमा लम्पी स्किन रोगको प्रकोप बढेको छ। लम्पी स्किनका कारण छालामा गिर्खा निस्किने, ज्वरो आउने, सीथिल बन्दै जाने र त्यसपछि मृत्युसम्म हुने गरेको किसानहरुको भनाइ छ। ‘मेरो गोठमा पालेको गाई र गोरु रोगले थलिए, बचाउन धेरै प्रयास गरे, तर सकिन कुम्मायक १ का दान बहादुर पौडेलले गुनासो गर्दै भने। पालिकाबाट बेलैमा उपचार पाएको भए पशुचौपाय जोगाउन सकिन्थ्यो। ढिलै भएपनि अनुगमन र निरीक्षण भएको छ। अरु बिरामी गाइगोरुलाई के हुन्छ थाहा छैन चिन्तित मुद्रामा उनले गुनासो गरे।”
सोही वडाकै अर्का किसान डिक बहादुर बुढाथोकीले घरमा पालेका १० वटा पशुचौपाय मध्ये ६ वटामा संक्रमण देखा परेको बताए। मकै बाली लगाउने समयमा हलगोरु बिरामी भएपछि खेतबारीमा कसरी खेती लगाउने भन्ने चिन्ता लागेको बुढाथोकीको भनाइ छ। 
यो रोगबाट कुम्मायकमा सबैभन्दा धेरै गाई भैंसी प्रभावित भएका छन। हालसम्म २ हजार २ सय ८५ वटा गाई भैंसीमा यो रोग देखिएको भेटेरिनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरले जनाएको छ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ