Comments Add Comment

रेडक्रस सभापतिमा निरौला निर्वाचित

रमेश थापा
पाँचथर ः पाँचथरको कुम्मायक गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटी यासोक उप–शाखाको सभापतिमा खेमराज निरौला निर्वाचित भएका छन। शनिवार यासोकमा आयोजित शाखाको तेस्रो साधारणसभा तथा अधिवेशन बाट सभापतिमा निरौला निर्विरोध निर्वाचित भएका हुन । निरौला सहित कार्य समितिमा ११ सदस्य समिति निर्विरोध निर्वाचित भएका थिए ।
समितिको उप–सभापति–तारा देवी आचार्य, सचिव–रमेश बुढाथोकी रहेका छन। त्यस्तै सहसचिव–लिला राज तामाङ, कोषाध्यक्ष– मान बहादुर लिम्बू उप–कोषाध्यक्ष–मीन राज खतिवडा निर्वाचित भएका छन। समितिको सदस्यहरुमा क्रमशः कुमार निरौला, याम बहादुर सेर्मा, लक्ष्मी नेपाली, विमला देवी खतिवडा र उर्मिला निरौला सहित ११ सदस्य समिति निर्विरोध निर्वाचित भएको हो । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ