Comments Add Comment

टीकापुरमा बस दुर्घटना, ११ जना घाइते

टीकापुर, १४ जेठ

कैलालीमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

कैलालीको जानकी गाउँपालिका-१ दुर्गौली चोकमा ना ६ ख ८८३३ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ६ जना गम्भीर घाइते भएकोमा उनीहरूको टीकापुर अस्पालमा उपचार भइरहेको छ र ५ जना सामान्य घाइते रेहेका छन् ।

बस धनगढीबाट टीकापुरतर्फ आउँदै गर्दा दुर्घटना भएको तोरैंयाँपुर प्रहरी चौकीका इन्चार्ज लक्ष्मण कुँवरले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ