काठमाडौं, २१ जेठ । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ।
जसअनुसार प्रतिनिधिसभाको बैठक र राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो।
गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को बजेट माथी आजबाट छलफल सुरु हुनेछ।