Comments Add Comment

मन्त्रिपरिषदबाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौं, १५ जेठ । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट संघीय संसदमा प्रस्तुत गर्न स्वीकृति दिएको छ । 

सोमबार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संघीय संसदमा प्रस्तुत गर्न स्वीकृति दिएको सरकारकी प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

सरकारले स्वीकृत गरेसँगै अब बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन् । 

हरेक वर्ष १५ जेठमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ