पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिकामा नेपाल शिक्षक महासंघ कुम्मायकले गाउँपालिकामा धर्ना दिएको छ। सरकारले ल्याउन लागेको शिक्षा ऐनमा शिक्षक र विद्यालय कर्मचारीको हक हितको विरुद्धमा भएको भन्दै महासंघले गाउँपालिकामा धर्ना दिएको हो। नेपाल शिक्षक महासंघ केन्दिय समिति र सरकारवीच भएका सहमती विपरित सरकारले शिक्षा ऐन ल्याउन लागेको भन्दै आफूहरुले बिरोध गरेको नेपाल शिक्षक महासंघ कुम्मायक अध्यक्ष फुलकुमारी नेम्वाङले बताइन् ।
नेपाल शिक्षक महासंघ केन्द्रिय समिति र सरकारवीच शिक्षक र कर्मचारीको हक र हितको बिषयमा ३० र ५१ वुदे सहमती भएको थियो । तर सरकारले सहमती विपरित शिक्षा ऐन ल्याउन लागेको भन्दै आफुहरुले विरोध गरेको नेम्वाङको भनाइ छ। महासंघले बिहान ११ः३० देखि दिउसो २ बजेसम्म गाउँपालिकामा धर्ना दिएको थियो। धर्नापछि गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्कालाई ज्ञापन पत्र र यस अघि सरकारसंग गरेको सहमतीको छायाँ पत्र हस्तान्त्रण गरेको थियो।
धर्ना कार्यक्रममा नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति अध्यक्ष नरेन्द्र सम्बाहाम्फेले कार्यक्रमकोे औचित्यको बारेमा पुष्टि गरेका थिए। कार्यक्रममा नेपाल शिक्षक महासंघ कुम्मायकका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो।

.png)