Comments Add Comment

बसको ठक्करबाट स्कुटर चालकको निधन हुँदा मोरङमा तनाव

काठमाडौं, २६ जेठ

मोरङको उर्लाबारी नगरपालिका–३, नयाँ मंगलबारेमा आज दिउँसो तीन बजे बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१ख ३०७३ नम्बरको बसले विपरीत दिशातर्फबाट आउँदै गरेको प्रदेश १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रन्जन ढकालले जानकारी दिए ।  

दुर्घटनामा मृत्यु भएका स्कुटर चालकको परिचय खुलेको छैन । दुर्घटनामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका छन् । आगजनीबाट बसमा क्षति पुगेको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ