Comments Add Comment

प्रधानमन्त्री दाहालद्वारा समवेदना व्यक्त

काठमाडौँ, २५ जेठ :

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालका बुवा जगन्नाथ भुसालको निधनमा समवेदना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले आज रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित भुसालको निवासमा पुगेर उहाँप्रति श्रद्धासुमन अर्पण गर्नुभएको हो ।

उहाँले शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकमा समवेदना प्रकट गर्दै धैर्यधारणका लागि अपिलसमेत गर्नुभएको छ । भुसालको यही जेठ २१ गते ९६ वर्षको उमेरमा निवासमै निधन भएको थियो । उहाँ सामाजिक तथा राजनीतिक व्यक्तित्वका रुपमा लामो समयसम्म क्रियाशील हुनुहुन्थ्यो । ---

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ