Comments Add Comment

सुत्केरी र गर्भवतीलाई पोषण सामग्री वितरण

रमेश थापा  
पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिकाले सुत्केरी र गर्भवती महिलाहरूलाई पोषणयुक्त सामग्री वितरण गरेको छ । 
गाउँपालिकास्थित वडा नं -३ कार्यालयको आर्थिक सहयोगमा वडाका ५५ जना सुत्केरी र गर्भवती महिलाहरुलाई पौष्टिकयुक्त सामग्री वितरण गरेको हो । 
बालवालिकाहरुलाई कुपोषणबाट बचाउन सुत्केरी र गर्भवती महिलालाई स्वास्थ्य परामर्श दिदैं पोषण सामग्री वितरण गरिएको वडाले जनाएको छ । वडाको चालु आर्थिक वर्ष २०७८/०७९ को बार्षिक स्वीकृत कार्यक्रम अन्तरर्गत १ लाख रकमबाट पौष्टिकयुक्त सामग्री बितरण गरेको वडा अध्यक्ष रामप्रसाद गजुरेलले बताउनुभयो ।


वडाले सुत्केरी र गर्भवती महिला सम्मान तथा पोषण सामाग्री बितरण कार्यक्रमबाट सो सामग्री बितरण गरेको हो । वडाले गर्भवती महिलाहरुलाई जनही कुखुराको पोथी, चार केजी चना र मटर वितरण गरेको थियो । त्यस्तै सुत्केरी महिलालाई कुखुराको भाले, चार केजी चना र मटर बितरण गरेको स्वास्थ्य केन्द्र सेपेनीका प्रमुख बुद्धि प्रसाद आचार्यले बताउनुभयो ।
कार्यक्रमको प्रमुख अथिति गाउँपालिका उपाध्यक्ष सिता आचार्य, विशेष अथिति कार्यपालिका सदस्य यामकुमारी खड्का वडा सदस्य बाबुराम कार्की लगायतले सहभागीलाई पोषण सामग्री बितरण गर्नुभएको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ