मङ्गलबारे, २७ जेठ :
यू–२० राष्ट्रिय रग्बी सेभेन्सको उपाधि कर्णाली रग्बी क्लब र हेटाँैडा रगर्सले जितेका छन् । इलामको माई नगरपालिका–४ शुक्रबारे खेलमैदानमा आज सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कर्णाली र महिलातर्फ हेटौँडा विजयी भएको हो ।
कर्णालीले कटारी रग्बी क्लबलाई १५–५ अङ्कले तथा हेटौँडाले हिमालयन टाइगर रग्बी क्लबलाई १४–५ अङ्कले पराजित गर्दै उपाधि जितेको हो । विजेता दुवै टोलीले रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता दुवै टोलीले रु ३० हजार, मेडल र प्रमाणपत्र पाए ।

नेपाल रग्बी सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताका लागि प्रदेश रग्बी सङ्घ, जिल्ला रग्बी सङ्घ इलाम र माई नगरपालिकाले सहजीकरण गरेको थियो । प्रतियोगितामा पुरूष र महिलातर्फ कोशी प्रदेशबाट कटारी रग्बी क्लब, मधेस प्रदेशबाट बर्दिबास रग्बी क्लब, बागमती प्रदेशबाट हेटौँडा रगर्स, कर्णाली प्रदेशबाट कर्णाली रग्बी क्लब र राष्ट्रिय क्लब हिमालयन टाइगर रग्बी सहभागी भएका थिए । आगामी अगष्तमा नेपालमा हुने यू–२० एसिया रग्बी सेभेन्सका लागि नेपाली टोली छनोट गर्न प्रतियोगिता आयोजना गरिएको नेपाल रग्बी सङ्घका बरिष्ठ उपाध्यक्ष गिरीले जानकारी दिनुभयो । –––
.png)