रमेश थापा
पाँचथर: पाँचथरको फिदिम नगरपालिका–११ का अभिभावक विहिन बालबालिकालाई फिदिम नगरपालिका प्रमुख मेयर मित्र प्रसाद काफ्लेले खाद्यन्य सहयोग गर्ने भएका छन। अभिभावक विहिन ५ जनाको परिवारलाई काफ्लेले आफ्नो सेवा सुविधा बापतको नगद २५ हजार रकमबाट खाद्यन्य सहयोग गर्ने भएका हुन।
परिवारमा बुबाको मृत्यपछि आमाले पनि दोस्रो बिवाह गरेर गएपछि ५ जना छोराछोरीको बिजोक भएको थियो। दैनिक मेलापातबाट खर्च जुटाएर पठनठान गर्न मुस्किल भएको जानकारी पाएपछि मेयर काफ्लले ४ महिनासम्म पाँच परिवारलाई खान पुग्ने गरी खाद्यन्य सहयोग गर्ने बताए।
पहिलो चरणमा चामल, तेल, दाल र नुन गरी २५ हजार बराबरको खाध्य सामाग्री उपलब्ध गराउने बताए। उनिहरुको बसोबास गर्दै आएको जीर्ण घरको व्यवस्थापन भने आफन्तले निर्माण गरिदिने जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारी बताए ।
.png)