Comments Add Comment

पाँचथरको सिवामा अन्तर पालिका स्तरीय भलिवल प्रतियोगिता हुने

यासोक:- फिदिम नगरपालिका–६, सिवामा अन्तर पालिका स्तरीय पूरुष भलिवल प्रतियोगिता हुने भएको छ । युवा क्लव फिदिम–६, को आयोजनामा आगामी माघ १७ देखि २२ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । स्थानीय भगवती माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा पाँचथरका ८ पालिका र जिल्ला बाहिरका २ पालिकाको सहभागिता रहने प्रतियोगिताका खेल संयोजक कमल तुम्रोकले जानकारी दिनुभयो ।

प्रतियोगिताका बिजेताले नगद ६० हजार रुपैंयाँ र उपबिजेताले नगद ४० हजार रुपैंयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको यो दोस्रो संस्करण हो । सो अवसरमा मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिने आयोजक संस्थाका अध्यक्ष कान्छाराज तुम्रोकले बताउनुभयो । क्लवको शुक्रबार बसेको बैठकले माघ १७ देखि २२ गते सम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष तुम्रोकको भनाइ छ ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ