रमेश थापा
पाँचथर : पाचथरको कुम्मायक गाउँपालिका–१ नं. वडाले याक्थुङ लिम्बूभाषा र सिरिजङ्गालिपिलाई कामकाजी भाषाको रुपमा लागू गर्ने भएको छ। वडाले सरकारी कामकाजी भाषाको रुपमा सिरिजङ्गालिपिलाइ अनिवार्य लागु गर्ने भएको हो।
वडाका सरकारी तथा गैरसरकारी र निजि संघसस्थाहरुमा नेपाली भाषाका अतिरिक्त लिखित तथा मौखिक याक्थुङ भाषा लिपि प्रयोगमा ल्याउने बताइएको छ। आफ्नो मातृभाषा प्रयोग गरेको आधारमा ब्यक्ति वा समुहलाई विभेद वहिष्करण सीमान्तकरण बन्देज अपमान घृणा र गाली गलौज खिसीट्युरी जस्ता आच आउन सक्ने समस्याको हल हुने भएकोले यो कार्यक्रम स्वागतयोग्य भएको सरोकारवालाहरुले बताएका छन।
वडाले सिरिजङ्गालिपिलाई कामकाजीको रुपमा लागु गर्न आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा समावेस गरी वडामा लागु गर्न लागेको वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले बताए। कार्यालयको सेवा प्रवाह र सरकारी कामकाजीको रुपमा सिरिजङ्गालिपिलाई आगामी आर्थिक वर्षदेखि कार्यान्वयमा लान गृहकार्य अन्तिम चरणमा पुगेको लावतीको भनाइ छ।
.png)