Comments Add Comment

कुम्मायकमा महिला उद्यमी प्रोत्साहन कार्यक्रम : पाँच उद्यमीलाई अनुदान सहयोग

रमेश थापा 
पाँचथर
—पाँचथरको कुम्मायक गाउँपालिकाले पााच उद्यमीलाइ अनुदान सहयोग गर्ने भएको छ । गाउँपालिकामा महिला उद्यमी प्रोत्साहन कार्यक्रम अन्तरर्गत पाँच वडाका पाँच उद्यमी महिलाहरुलाई सहयोग गर्ने भएको हो । शनिवार गाउँपालिकामा महिला उद्यमी प्रोत्साहन कार्यक्रम अन्तरर्गत एक दिने उद्यमशिलता विकास तालिम संचालन गरेको थियो ।

उद्यम संचालन गरेका महिला उद्यमीहरुलाई उद्योग संचालनका विधि र पद्धतिको विषयमा प्रशिक्षण गराईएको थियो । गाउापालिकाले सफल महिला उद्यमीहरुको छनोट गरी ३५ हजारको दरले अनुदान दिन लागेको महिला विकास शाखा प्रमुख देशु चेम्जोङ बताइन ।

गाउँपालिकाले पाँच उद्योगलाइ ३५ हजारको दरले १ लाख ७५ हजार अनुदान सहयोग गर्ने भएको हो । अनुदान प्राप्त गर्ने उद्योगहरुमा पाथीभरा कृषि फम, जस्मीन खााडी कपडा उद्योग, सृजनशिल ढाका उद्योग, समिर टेलरिङ एण्ड ट्ेरनिङ सेन्टर र एलिसा ढाका उद्योग रहेका छन । गाउँपालिकाले गत वर्षदेखि अकवरे खोर्सानी उत्पादन गर्दै आएको कुम्मायक—५ को पाथीभरा कृषि फमलाई ५० हजार अनुदान दिएको थियो । कृषिमा उकृष्ट उत्पादन गर्ने फमलाई गाउँपालिकालाई सहयोग गरेको हो ।

ग्रामिण अर्थतन्त्रमा सहयोग पुर्‍याउने यस्ता फर्म र उद्योगहरुलाई गाउापालिकाले निरन्तर सहयोग गर्ने पालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्काले बताए । नीति तथा कार्यक्रम कृषि, उद्यम र पर्यटनलाई जोड दिएको बताउदै आगामी दिनमा सोही अनुसारको गृहकार्य गर्ने बताए ।  
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ