Comments Add Comment

नीति तथा कार्यक्रम: कुम्मायकको ४० करोड बजेट, कर्मचारी सहित १८ जना सम्मानित

रमेश थापा 
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिकाले चौधौं गाउँसभा मार्फत ३९ करोड ४१ लाख ७७ हजार ५ सयको बजेट सार्वजनिक गरेको छ । गाउँसभाको चौधौं अधिवेशनमा गाउँपालिकाले आथिर्क वर्ष २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रम सहित झन्डै ४० करोड बराबरको बजेट पारित गरेको हो। सोही सभाले गाउँपालिकाका कर्मचारी, कृषक, शिक्षक, विद्यार्थी लगायत १८ जनालाई  सम्मान गरेको छ । सम्मानित हुनेहरुमा २०७९ उत्कृष्ट सामुदायिक बिधालय कुम्मायक-२ को सरस्वती आधारभूत विद्यालय रहेको छ। विद्यालयका प्र.अ सुर्य प्रसाद लावतीलाई प्रशंसा पत्र र नगद सहित सम्मान गरेको छ। सोही विद्यालयलाई एक लाख बराबरको एक थान ल्यापटप र प्रिन्टर प्रदान गरिएको छ। त्यस्तै उत्कृष्ट प्र.अ पोस्टनाथ आचार्य, उत्कृष्ट शिक्षक कमल सिं सेर्मा, सामुदायीक विद्यालयको कक्षा -८ मा सर्वोत्कृष्ट अंक ल्याउने  बिद्यार्थी तर्फ सिद्ध सरस्वती मा.वि कुम्मायक-२ की जेनिशा सेर्मा र संस्थागत तर्फ सनराइज ईङ्लिस बोडिङ स्कुलका मिसेक लावती भएका छन । उनिहरुलाई सम्मान पत्र र नगद पुरस्कार सहित सम्मान गरिएको छ ।


त्यस्तै गाउँपालिकाको सेवा प्रभाह प्रभावकारी ढंगबाट संचालन गरेको भन्दै उत्कृष्ट कर्मचारीको रुपमा आर्थिक प्रशासन शाखाका लेखापाल बिपिन निरौला, पशुपंक्षी सेवा शाखाका  प.स्वा.प्रा. कपिल देव मल्ल र ना. प. स्वा.प्रा. कोबिद सुब्बा प्राविधिक शाखाका अ.स.ई. डिल्लीराम रिजाल, वडा नं. ३ का स्वाथ्यकर्मी अहेव बुद्धि प्रसाद आचार्य, कार्यालय सहयोगी नेत्र गजुरेल र पशुपंक्षी सेवा शाखाबाट सेवा निवृत भएर जाने तेजबहादुर अगुवा सम्मानित भएका छन । त्यस्तै २०७९ को गाउँपालिकाको उत्कृष्ट कृषक तर्फ तेज प्रकाश लावती र मकर बहादुर तामाङलाई सम्मान गरिएको छ।
त्यस्तै विद्यालयको शैक्षिक र व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट काम गर्ने कुम्मायक–५ को कागेश्वरी आधारभूत विद्यालयका वि.व्य.स. अध्यक्ष देउमान थापा, उत्कृष्ट निर्माण ब्यवसायी अधिकारी निर्माण सेवा फिदिम, सेवा निवृत्त निवर्तमान कुम्मायक शिक्षक महासंघका अध्यक्ष प्रकाश मणि बिसि र पूर्व शिक्षा शाखा प्रमुख एगेन्द्र बहादुर खड्कालाई समेत सम्मान गरिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ