Comments Add Comment

गुह्येश्वरीका बालवालिकालाई न्यानो कपडा र स्टेसनरी

पाँचथर— पाँचथरको कुम्मायक गाउँपालिका—५ स्यावरुम्बा स्थीत गुह्येश्वरी नि.मा.बि का बालवालिकाहरुलाई न्यानो कपडा र स्टेसनरी प्रदान गरिएको छ । विद्यालयका ५६ जना बालवालिकालाई शनिवार एक कार्यक्रमका बीच न्यानो कपडा र स्टेसनरी बितरण गरेको हो 
मनकारी दाताहरुको सहयोगमा कक्षा १—८ का ५६ छात्राछत्रहरुलाई उक्त समाग्रीहरु बितरण गरिएको जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । समाजको समन्वयमा सिभिल बैंक फिदिम शाखा प्रमुख राजु पौड्यालबाट १० हजार, जिल्ला अस्पतालका हेल्थ असिस्टेन सोमनाथ दङ्गाल १० हजार, फिदिम १ घर भइ हाल मलेसियामा कार्यरत कुमार ओझा ५ हजार र सापकोटा पुस्तक पसलका संचालक नुम सापकोटाबाट ५ हजार गरी जम्मा भएको ३० हजार रकमको शैक्षिक सामाग्री बितरण गरिएको समाजकी कोषाध्यक्ष देविमाया रिमाल (बुढाथोकी)ले बताउनुभयो ।
चिसो मौषम बढेसंगै बालबालिकाहरुलाई दाताको सहयोगमा समाजले स्कुल सुइटर, तथा स्टेसनरी सामाग्री बितरण गरेकोे हो । शैक्षिक सामाग्री बितरण गर्दै कार्यक्रमका प्रमुख अथिति गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बिशेष अथिति प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी विद्यालयका प्र.अ भक्त बहादुर तामाङ लगायतका अथितिहरुले सामुदायिक विद्यालयका जेहेन्दार र विपन्न बालबालिकाको शैक्षिक गुणस्तर सुधारमा समाजले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको हो । 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ