Comments Add Comment

च्याउ खाएर बिरामी परेका चार जनाको स्वस्थ्यमा सुधार

रमेश थापा 
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिमा बिषालु च्याउ खाएर बिरामी परेका चार जनाको स्वास्थ्य अवस्था सुधार आएको छ । कुम्मायक–१ नं. वडाको यासोक स्थीत भदौरेमा बिषालु च्याउ खाएर चार जना बिरामी परेका थिए । बिरामी परेका ३२ वर्षीय हेमन्त थापा, ६८ वर्षीय लिला थापा, ६० वर्षीय इन्द्रमायाँ नेपाली र ६० वर्षकै रुद्र बहादुर दर्जीको स्वास्थ्यमा क्रमिक सुधार आएको हो ।
बिषालु च्याउ खादा बिरामी परेका चारै जनाको उपचारको लागि जिल्ला अस्पताल पाँचथर पठाइएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि झापाको बिर्तासिटि अस्पतालमा उनिहरुको उपचार हुदै आएको यासोक बजारका व्यवसायी तथा समाजसेवी नरेन्द्र बोहोराले जानकारी गराएका छन्।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ