Comments Add Comment

मन्त्री सहितको टोली पाँचथरको बाढी–पहिरोमा

रमेश थापा 
पाँचथर । पाँचथर जिल्लामा भएको बाढीपहिरोको अनुगमन र निरिक्षण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सहितको टोली पाँचथर आएको छ । शनिवार इलाम जिल्ला हुदै पाँचथर सदरमुकाम फिदिममा आइपुगेको टोलीले जिल्ला प्रशासन कार्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो ।
अन्तरक्रियामा पछिल्लो अवस्थाको बिषयमा मन्त्री ज्वाला, पाँचथरका संघीय संसद तथा पूर्व भौतिक पूर्वाधार मन्त्री वसन्तकुमार नेम्वाङल, प्रदेश सामसद मैयाँ श्रेष्ठ लावती लगायतको टोलीले चासो देखाएका थिए । मन्त्री ज्वालाले पाँचथर सहित बाढीबाट प्रभावित क्षेत्रको अनुगमन र निरिक्षणपछि आवश्यक पर्ने स्थानमा भौतिक पूर्वाधार निर्माण, क्षतिको बिवरणपछि सरकारले राहतको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका थिए ।  
उनले प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि र सरोकारवालाहरुसँग पछिल्लो अवस्थाको बिषयमा परार्मश गरेका थिए । बाढीपहिरोले क्षति पु¥याएको तमोर करिडोरको बेलिब्रिज, मेची राजमार्गको हेँवाखोला हुँदै च्याङथापुसम्म अनुगमन गर्ने तालिका रहेको बताए  ।

मन्त्री ज्वालासँगै सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, उपमहानिर्देशक रामहरी पोखरेल लगायत प्राविधिकको टोली रहेको छ । उनले जतिसक्दो छिटो क्षति भएका पुल तथा हाइड्रोपावर निर्माण र राहात वितरण गर्न सरकार गृहकार्यमा लाग्ने बताए । बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकको पहिचानको लागि सुरक्षा निकाय लागिरहेको भन्दै खोजी कार्य जारी राख्न निर्देशन समेत दिएका थिए । मन्त्री संगको भेटमा पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष नवराज घिमिरेले हेँवाखोलाको पुल बगाएपछि ताप्लेजुङ जिल्लामा ठुलो असर पु¥याएको भन्दै तत्काल पुल निर्माण गर्न आग्रह गरे।
त्यस्तै नेपाली कांग्रेसका जिल्ला सभापति रुपनारायण जबेगु, प्रदेश सांसद मैया लावती, संघीय सांसद वसन्तकुमार नेम्वाङल लगायतले बाढीले पूर्वाधार क्षेत्रमा पु¥याएको क्षतिको निर्माण र राहत प्याकेजको व्यवस्थापन गर्न आग्रह गरेका थिए । सांसद नेम्वाङले बाढी–पहिरोका घटना हुनासाथ सरकारको ध्यानाकर्षण गराई उद्धार र राहतको लागि समक्ष पहल गरेको समेत बताएका थिए ।

बाढी–पहिरोबाट हालसम्मको गतिविधि रिर्पोट मन्त्रीस्तरीय टोली सग अन्तरक्रियामा सिडिओ मेखबहादुर मगरातीले विवरण प्रस्तुत गरेका थिए । अन्तरक्रियामा जिल्लास्थित सुरक्षा निकाय र सरोकारवालाहरुको सहभागिता थियो।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ