Comments Add Comment

आज नबस्ने भयाे राष्ट्रिय सभा बैठक

काठमाडौं, २० असार । बुधबार नै बस्नेगरी स्थगित भएको राष्ट्रिय सभाको बैठक बिहीबार बस्ने भएको छ । 

बुधबार दिउँसो २ः३१ बजे बसेको बैठक एमाले सांसदको अवरोधपछि ३ः०१ बजे बस्नेगरी स्थगित भएको बैठक विशेष कारण देखाएर बिहीबार दिउँसो १ः०१ बजे बस्नेगरी समय निर्धारण गरिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए । 

बुधबार दिउँसो बैठक सुरु भएलगत्तै एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा दिनुपर्ने र अन्यथा बैठक अघि बढ्न नसक्ने बताए । 

आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने अभिव्यक्तिलाई प्रधानमन्त्रीको राजीनामा मागिएको हो । संसदमा एमालेले विरोध गरेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ