रमेश थापा
पाँचथर— तमोर कोरिडोर सडक आयोजनाको मुलघाट–गणेशचोक खण्डको नावा खोलामा वैकल्पिक मार्ग निर्माण गरिएको छ । पाँचथरको तुम्बेवा गाउँपालिका र धनकुटा जिल्लाको चौविसे गाउँपालिकाको सिमानामा पर्ने नावा खोलामा दुईपाग्रे सवारी साधनको लागि वैकल्पिक मार्गको निर्माण गरिएको हो । तुम्बेवा गाउँपालिकाले पैदल यात्री र दुइपाग्रे सवारी साधनको लागि खोला वारी र पारिबाट सडक निर्माण गरी वैकल्पिक मार्ग निर्माण गरेको हो ।
खोला माथी रहेको झोलुङ्गे पुल वारी पारि आवत—जावत गर्न दुइपाग्रे सवारी साधनलाई समस्या थियो । बर्खाको समया खोलाबाट आवत—जावत गर्दा जोखिम समेत मोल्नु पर्ने अवस्था थियो । यहि अवस्थालाई मध्यनजर गर्दै वैकल्पिक मार्गको निर्माण गरिएको गाउँपालिका अध्यक्ष बाबुराम खड्काले बताए । “गाउँपालिकाले जनसहभागिता जुटाएर चारदिन देखि निरन्तर काम गर्दै आएको छ् । झोलुङ्गे पुलको वारी पारि बाट पैदल यात्री र दुइपांग्रे सवारी साधनको लागि सडक निर्माण गरेका छौ । उनले भने अब यात्रुहरुले सवारी साधन झोलुङ्गे पुलबाटै तार्न मिल्छ ।”
पाँचथरको गणेशचोक देखि धनकुटाको मुलघाटसम्मको सडक अन्तरर्गत सबै भन्दा ठुलो खोला नावा खोला हो । उक्त खोला पार गर्न जोखिम मोल्नु पर्ने बाध्यता थियो । वैकल्पिक मार्गपछि पूर्वका पाँचथर, तेह्रथुम र ताप्लेजुङका नागरिकले झापा, मोरंङ सुनसरी सम्म सहज यात्रा गर्न पाउने छन ।
.png)