Comments Add Comment

फालेलुङ गाउँपालिकाको हेंवा खोलामा डाइभर्सन बनाउन सुरु 

रमेश थापा
पाँचथर: पाँचथरको फालेलुङ गाँउपालिका ७ र ३ लाई जोड्ने घुमाउनेटारस्थित हेंवा खोलामा डाइभर्सन बनाउन सुरु गरिएको छ । असार २ गतेको बाढीले गाउँपालिकाको पक्की पुल बगाएपछि आवतजावत ठप्प छ । पुल भत्किएर यातायात ठप्प भएपछि गाउँपालिकाले अगुवाईवा ह्यूम पाईप ल्याएर डाइभर्सन बनाउन थालिएको गाउँपालिका अध्यक्ष वीर बिक्रम थाम्सुहाङले बताए ।  
खोलामा आवतजावत सुचार गर्न ‘डाइभर्सन निर्माणको लागि बिरगञ्जबाट ५ वटा ह्यूम पाईप ल्याएर काम थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर आङ्देम्बेले बताए । उनले भने् ‘पाँच दिन भित्रमा डाइभर्सन सञ्चालनमा ल्याउने लक्ष्य छ ।’ ह्यूम पाईप राख्नका लागि सोमबारदेखि ग्याबिन जाली बुन्ने काम सुरु गरिएको छ । केही दिनमै खोलाको समस्या समाधन हुन्छ ।” 
पुल भत्किएपछि पालिककाको केन्द्र थकेपुङसम्म पुग्न सर्बसाधारणले सास्ति भोग्नु परेको छ । हेंवा खोलाका सबै पक्की पुल बाढीले बगाएपछि फालेलुङ र सदरमुकाम फिदिमबीच यातायाताका साधानहरु चल्न सकेका छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ