काठमाडौं, २० असार । संघीय संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागिएको छ । बुधबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री प्रचण्डको राजीनामा मागिएको हो ।
आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई प्रधानमन्त्रीको राजीनामा मागिएको हो प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको राजीनामा मागेका हुन्। उनले उक्त अभिव्यक्तिप्रति प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने र राजीनामा नदिएसम्म बैठक अघि बढ्न नसक्ने बताए ।
यस्तै राष्ट्रियसभा बैठक सुरु हुने बित्तिकै राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा दिन माग गरेका हुन् ।
.png)