रमेश थापा यासोक
यासोक- राष्ट्रिय प्रजातन्त्र पाटी पाँचथरले अक्सिजन कनसेन्ट्रटर मेसिन तुम्बेवा गाउँपालिकालाई हस्तान्त्रण गरेको छ । राप्रपाका पूर्व केन्द्रिय सदस्य तेजकुमार कुरुम्बाङ सहितको टोलिले हिजो गाउँपालिका अध्यक्ष होमनाथ थापालाई अक्सिजन कनसेन्ट्रटर हस्तान्त्रण गरेको हो ।
(3).jpg)
राप्रपाले डेढ लाख मुल्य बराबरको अक्सिजन उत्पादन गर्ने कनसेन्ट्रटर हस्तान्त्रण गरेको नेता कुरुम्बाङले जानकारी दिनुभयो । महामारीको समयमा मानविय जीवन रक्षाको लागि सहयोग गरेको भन्दै गाउँपालिका अध्यक्ष होमनाथ थापाले कुरुम्बाङलाई मायाँको चिनो प्रदान गरी सम्मान गर्नुभएको थियो ।
राप्रपाले पाँचथर सहित ताप्लेजुङ र तेह्रथुमका स्थानीयतहरुलाई १५ थान ‘अक्सिजन कन्सन्ट्रेटर’ प्रदान गर्न थालेको छ । हङकङमा रहेका भूतपूर्व सैनिकहरूको संस्था एक्स गोर्खाज सर्भिसेज एसोसिएसनले १५ वटा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएपछि राप्रपाले ‘अक्सिजन कन्सन्ट्रेटर’ प्रदान गर्न थालेको हो ।
.png)