काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विवादित अभिव्यक्तिबारे प्रष्टीकरण दिने मौका संसदमा नदिएको बताएका छन् सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले आफू सुरुदेखि नै जवाफ दिने चाहेको भए पनि मौका नदिएको गुनासो गरे ।
‘मलाई प्रष्टीकरणको मौकासमेत दिइएन,’ उनले भने, ‘मेरो राजीनामा मागियो । किन तीन दिन संसद अवरुद्ध गरियो ?’
विपक्षी दलले राजीनामा माग्नेबित्तिकै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो र भन्दै उनले आफ्नो विवादित अभिव्यक्तिबारे संसदलाई जानकारी गराइरहेका छन्। अहिले प्रधानमन्त्री प्रचण्डले आफ्नो विवादित अभिव्यक्तिबारे प्रष्ट्याइरहेका छन् ।
.png)