Comments Add Comment

कुम्मायकको कागेश्वरी आधारभूत विद्यालयमा अक्षय कोष स्थापना

पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिकाको नमुना एक सामुदायिक विद्यालयमा अक्षय कोष स्थापना गरिएको छ । गाउँपालिको वडा नं. ५ को कागेश्वरी आधारभूत विद्यालयका स्व. पूर्व प्रधानाध्यापक महेन्द्र प्रकाश थापाको स्मृतिमा १ लाख ११ हजार १ यस ११ रुपैयाँ अक्षय कोष स्थापना गरिएको हो । झापाको शिवसताक्षी नगरपालिका-८ डुडाँमारी निवासी थापाको श्रीमती निर्मला थापाले अक्षय कोष स्थापना गरेकी हुन । 
२०३२ सालमा स्थापना भएको विद्यलायका सस्थापक सदस्य तथा पूर्व प्रधानाध्यापक समेत रहेका थापाको योगदानको उच्च मुल्याङकन गर्दै आफुहरुले स्वर्गिय बुबाको स्मृतिमा अक्षय कोष स्थापना गरेको छोरा सुरेन्द्र थापाले बताए । थापाले २०३२ सालदेखि २०५८ सालसम्म विद्यालयमा प्रधानाध्यापकको भूमिकामा रहेर काम गरेका थिए ।
विद्यालयमा स्थापना गरिएको अक्षय कोषको बार्षिक व्याजबाट बिद्यालयमा अध्ययनरत विपन्न समुदायका छात्र र छात्रालाई छात्रवृति दिने उद्देश्यले अक्षयकोष स्थापना गरिएको श्रीमती निर्मला थापाको भनाइ छ ।
अक्षयकोष रकमले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा ठुलो सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक प्रेमचन्द आचार्यले बताए । यस अघि पनि गाउँपालिकाले कागेश्वरी आ.वि. लाई नमुना विद्यालय घोषित गर्दै २ पटक सम्म रु. ५०/५० हजारको दरले नगद सहित सम्मान गरेको थियो ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ