Comments Add Comment

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी कार्की पक्राउ

काठमाडौं, २२ मंसिर

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा भिमेश्वर नगरपालिका–३ चरिकोट ठेगाना भएका ७० वर्षीय जनकबहादुर कार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटनको २७ पुस २०७६ को फैसलाले बैंकिङ कसूर मुद्दामा ४१ लाख रुपैयाँ जरिवाना र सात दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले दोलखा चरिकोटबाट पक्राउ गरेको हो । कार्कीले १९ चैत २०७५ प्रभु बैंकमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी जाहेरवालालाई झुक्याई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनीउपर उक्त फैसला गरेको थियो । 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत दोलखामा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय दोलखामा पठाइएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ