रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिका अध्यक्ष वंमप्रसाद लावतीले विपन्न समुदायका नरबहादुर विकलाई खाद्यन्य बितरण गरेका छन । बिहिवार यासोक बजारमा बिपन्न समुदायका विकलाई आफ्नो सेवा सुविधा बापतको ४ हजार रकमबाट कुम्मायक–५का नरबहादुर विकलाई सहयोग गरेका हुन । लावतीले ५० केजीको एक बोरा चामल, तेल, दाल, साबुन, स्टेशनरी सहितको सामाग्री बितरण गरेका हुन । बिहान बेलुकाको छाक टार्न समेत धौ—धौ भएका विकलाई दुई महिनासम्म खान पुग्ने खाद्यय सहितका सामाग्री प्रदान गरेको लावतीले बताए ।
उनले बिकका ६ वर्षिय छोराको पठनपाठनमा समेत सहयोग गर्ने बताए । विकको छोरालाई विद्यालयले उपलब्ध गर्दै आएको दैनिक खाजा बापतको १५ रुपैयाँमा आफुले पनि दैनिक थप १५ दरले रकम दिने लावतीको भनाइ छ । विपन्न समुदायका उनि अपाङ्ग र बाथ रोगबाट पीडित छन । बिकको घरमा खानेपानीको धारा र विद्युत जडान गरेको गाउँपालिकाले चाँडै शौचालय पनि निर्माण गर्ने जनाएको छ ।


.png)