रमेश थापा
पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिको धेरै धान उत्पादन गर्ने उत्कृष्ट कृषकलाई सम्मान सहित पुरस्कृत गर्ने भएको छ। गाउँपालिकाको कार्यालयले एक सुचना जारी गर्दै माघ २९ गते पालिकामा धेरै धान उत्पादन गर्ने कृषक पुरस्कृत गर्न लागेको हो। गाउँपालिकामा ५० देखि १०० मुरी धान उत्पादन गर्ने २७ र १०० मुरी भन्दा माथी धान उत्पादन गर्ने २ गरी २९ जना कृषकहरुलाई सम्मान गर्न लागिएको गाउँपालिकाले जनाएको छ।
फाल्गुनन्द गाउँपालिकाले धान उत्पादनमा उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८० पारित गरेको थियो। सोही कार्यविधि बमोजिम गाउँपालिकाले धेरै धान उत्पादन गर्ने कृषक छनोट गरी २९ जनाको सुची तयार पारेको थियो। सोही अनुरुप गाउँपालिको उत्कृष्ट कृषकलाई सम्मान-पत्र सहित पुरस्कृत गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जानकारी दिए।

.png)