Comments Add Comment

नागरिक लगानी कोषको एजीएम आज

काठमाडौ,  ३१ असार । नागरिक लगानी कोष (सीआइटी) को २८ औं वार्षिक साधारण सभा आज आइतबार असार ३१ गते बस्दैछ ।

सभामा २५% बोनस सेयर र कर प्रयोजनका लागि १.३२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । 

साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । 

सभा प्रयोजनका लागि कोषले असार १९ गते बुक क्लोज गरिसकेको छ ।  असार १८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ