दिपक दुलाल,साउन १
फाल्गुनन्द गाउँपालिका वडा नं.१ स्थित सिद्धदेवी माध्यमिक विद्यालय नवमीडाँडामा राष्ट्रिय सेवा दल जुनियर डिभिजन १ सय दिने तालिम सोमवारबाट शुरु भएको छ ।
सिद्धदेवी मावि नवमीडाँडामा सोमवार आयोजित ४९ औं राष्ट्रिय सेवा दल जुनियर डिभिजन तालिम प्रथम प्रवचन कार्यक्रम सम्पन्न भए सँगै तालिम आजबाट औपचारिक रुपमा शुरु भएको हो ।
जुनियर डिभिजन तालिममा सिद्धदेवी मावि नवमीडाँडामा कक्षा ८,९ र १० मा अध्ययनरत १८ छात्र र १८ छात्रालाई आवश्यक मापदण्डका आधारमा छनौट गरी जम्मा ३६ जनालाई सहभागि गराइएको छ ।

यूवावर्गलाई अनुशासित,वफादार,इमान्दार तथा राष्ट्रिय एकताको भावना र नेतृत्व क्षमताको विकास गराउनुको साथै भविष्यमा विपदको समयमा उद्धार तथा राहत कार्यमा स्वयम सेवकको रुपमा सहयोग पु¥याउन सक्ने सक्षम जनशक्ति तयार गर्नु तालिमको लक्ष रहेको बताइएको छ ।
सिद्धदेवी माध्यमिक विद्यालय नवमीडाँडाले आयोजना गरेको ४९ औं राष्ट्रिय सेवा दल जुनियर डिभिजन तालिमको प्रथम प्रवचनमा रणशेर गण फिदिमका गणपती दिलिप राउतले प्रथम प्रवचन गर्दै तालिमको शुभारम्भ गर्नुभएको थियो ।
तालिममा सहभागि हुने विद्यार्थीहरुसँगै उनीहरुका अभिभावकहरुको समेत उपस्थिति रहेकोे कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ पाँचथरका प्रमुख युगमणि सवेहाङ,सिद्धदेवी माविका प्रधानाध्यापक वीरेन्द्र कुमार खड्का,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रराज(सि.आर.)आङ्देम्बे,शिक्षक अभिभावक संघका अध्यक्ष शेर बहादुर सारु लगायतले तालिम सफलताको शुभकामना दिँदै मन्तव्य राख्नुभएको थियो ।
१ सय दिने कार्यक्रम अन्तर्गत ७९ दिन सोहि विद्यालयमा र २१ दिन जिल्ला बाहिर सञ्चालन हुने तालिमको सहजिकरण सैनिक जमदारहरु दिनेश तामाङ र विक्रम मेचेले गरिरहनुभएको छ ।

.png)