Comments Add Comment

बेपत्ता भएको डेढ महिनापछि युवतीको शव फेला

धनगढी, १४ साउन ।  कैलालीमा डेढ महिनादेखि बेपत्ता एक युवतीको शव फेला परेको छ।

जिल्लाको लम्की चुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया मन्जु रावलको शव मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनभित्र फेला परेको हो। आइतबार शव फेला परेको प्रहरीले जनाएको छ।

उनी जेठ २५ गतेदेखि बेपत्ता थिइन्। अहिले घटना स्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको छ।   

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ