Comments Add Comment

नव निर्मित रानीगाउँ स्वास्थ्य चौकीको भवन उद्घाटन 

रमेश थापा
पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिका–४ स्थीत नवनिर्मित रानीगाउँ स्वास्थ्य चौकीको भवन उद्घाटन गरिएको छ। कोशी प्रदेश सरकारको सहयोगमा निर्माण सम्पन्न भएको तीन तले पक्की भवन गाउँपालिका अध्यक्ष वंम प्रसादल लावतीले उद्धघाटन गरेका हुन।
प्रदेश सरकारको ४९ लाख ७५ हजारको लागतमा तिमल्सिना निर्माण सेवा फिदिमले वर्थिङ सेन्टर सहितको आठ कोठे भवन निर्माण सम्पन्न गरेको थियो। नवनिर्मित भवनको उद्धघाटन गर्दै अध्यक्ष लावतीले स्वास्थ्यको भौतिक क्षेत्रको विकाससंगै वर्थिङ सेन्टरलाई प्रभावकारी ढंगबाट अघि बढाउने बताए। उनले दक्षजनशक्ती तयार गर्दै नागरिकको स्वास्थ्यको बिषयमा गाउँपालिका अति संम्वेदनशिल भएर लाग्ने दावी गरे। भवन उद्धघाटन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत देवी तुम्बापो, कुम्मायक–३ का वडाअध्यक्ष बाबुराम कार्की, ५ नं. वडाअध्यक्ष निर्मलराज घिमिरेले लगायतका वक्ताहरुले आ–आफ्नो भनाई राखेका थिए।

भवन निर्माणको लागि परिवारको स्मृतिमा स्थानीय हर्क वहादुर सम्बाहाम्फे र मुक्त सम्बाहाम्फेले अढाइ रोपनीको दरले १३ लाख मुल्य बराबरको ५ रोपनी जग्गा निशुल्क प्रदान गरेका थिए। दाताहरुले स्वास्थ्य क्षेत्रमा यति धेरै जग्गा दान गरेको स्मरण गर्दै जग्गादातालाई उच्च सम्मान गर्ने कुम्मायक–४ का अध्यक्ष फगेन्द्र कुमार सम्बाहाम्फेले बताए। कार्यक्रम वडा सचिव मनोज सेर्माले संचालन गरेका थिए।


 

https://fb.watch/maUvkeixLM/

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ