रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिका–५ नम्बर वडा कार्यालय स्यावरुम्बाले विद्यार्थीलाई स्कुल पोशाक बितरण गरेको छ । वडाले चालु आर्थिक वर्ष २०८०/०८१ को रकम रु २ लाख ७५ हजार रुपैयाँबाट ६ विद्यालयका २ सय ६५ विद्यार्थीलाई स्कुल पोशाक बितरण गरेको हो । कक्षा १ देखि ५ कक्षासम्म अध्ययान गर्ने २ सय ६५ विद्यार्थीलाई स्कुल पोषाक बितरण गरिएको कुम्मायक–५ का वडाअध्यक्ष निर्मलराज घिमिरेले जनाए ।
शैक्षिक गुणस्तर सुधारको लागि शैक्षिक सामाग्री तथा पोशाक बितरण कार्यक्रम अन्ततर्गत सामुदायिक विद्यालयमा अध्यायन गर्ने विद्यार्थीहरुलाई स्कुल पोशाक बितरण गरेको घिमिरेको भनाइ छ । वडाले महेन्द्रोदय माविका ११८, गुह्येश्वरी निमाविका ३५, हिमालय आविका २५ जना त्यस्तै कागेश्वरी आवि ५५, देउराली आवि १३ र जनकल्याण आवि १९ गरी २६५ विद्यार्थीलाई स्कल पोशाक बितरण गरिएको वडा सचिव केशकुमार चेम्जोङ जानकारी दिए ।