Comments Add Comment

फिदिम नगरपालिकाले रोप्यो सडकमा धुपीको विरुवा

रमेश थापा
पाँचथर: पाँचथरको फिदिम नगरपालिकालाई सुन्दर र हयारी बजार बनाउन धुपीको बिरुवा रोपिएको छ । नगरपालिकाले बजारको सडक स्थीत डिभाइडरमा धुपीका विरुवा रोपण गरेको हो । फिदिम बजारको करिव १५ सय मिटरसम्मको क्षेत्रमा धुपी सल्लाको बिरुवा रोपेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले बजारको चार खम्बे देखि समर्पित अस्पताल सम्मको डिभाईडरमा धुपी सल्लाको विरुवा रोपेको छ । बजारको सुन्दरतालाई बचाउन र नगरलाई  सफा, सुन्दर साथै आकर्षण शहरको रुपमा परिचित गर्न धुपी सल्लाको विरुवा रोपिएको फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लले बताए ।
वृक्षारोपण कार्यक्रमको सुभारम्भ जिल्ला समन्वय समिती पाँचथरका प्रमुख रामराज आङदेम्बेले गरेका थिए । वृक्षारोपण अभियानमा नगर उपप्रमुख राधाकृष्ण न्यौपाने लगायत जनप्रतिनिधीहरु, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न राजनितीक दलतका प्रमुख तथा प्रतिनिधी, संचारकर्मी, संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, ब्यवसायी लगायतको उपस्थिति रहेको थियो । फिदिम नगरपालिकाले नगरपालिकाले भारतको कोलकत्ता बाट धुपीको विरुवा खरिद गरी विरुवा रोपण गरेको हो । रोपिएको धुपीको बिरुवाको संरक्षण व्यवस्थापनमा ध्यान दिन नगरपालिकाले बजारबासीसंग आग्रह समेत गरेको कार्यालयले जनाएको छ ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ