Comments Add Comment

कोहलीले खण्डन गरे, इन्स्टाग्रामवाट हुने आम्दानीको बिबरण

नयाँदिल्ली, २८ साउन । भारतीय क्रिकेटर विराट कोहलीले सामाजिक सञ्जालबाट हुने कमाइको रिर्पोटलाई खण्डन गरेका छन् । 

हुपर नामक संस्थाले २०२३ को इन्स्टाग्राम रिच लिस्ट जारी गर्ने क्रममा एसियामा सबैभन्दा बढी इन्स्टाग्रामबाट कमाइ गर्ने कोहली भएको रिर्पोट सार्बजनिक भए पछि उनले त्यसको खण्डन गरेका हुन । 

उनले ट्वीटरमा लेखेका छन्–  ‘जीवनमा जे पाएँ त्यसका लागि म कृतज्ञ छु, तर सामाजिक सञ्जालमा भइरहेका समाचार सत्य होइनन् ।’

हुपर नामक संस्थाले २०२३ को इन्स्टाग्राम रिच लिस्ट जारी गर्दै विराटले एउटा इन्स्टाग्राम पोस्टको लागि ११ करोड ४५ लाख भारु लिने गरेको बताएको  थियो । जसअनुसार इन्स्टामा कमाइको हिसाबले उनी एसियाका नम्बर एक र तेस्रो नम्बरका खेलाडी हुन् ।

इन्स्टाग्राममा कोहलीका २५ करोड ६० लाख फलोअर्स छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ