रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिका–३ नं.वडामा रहेको त्रिभुवन आधारभूत विद्यालय सिम्राहामा अक्षयकोष स्थापना गरिएको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका बीच ७१ हजार २०७ रुपैयाँको “नैनकला सम्बाहाम्फे अक्षयकोष” स्थापना गरिएको हो । वडाको कात्तिके, निबासी स्व.मान ध्वोज सम्बाहाम्फेको छोरा नरेन्द्र प्रसाद सम्बाहाम्फेको परिवारले अक्षयकोष स्थापना गरेका हुन । विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति सदश्य नरेन्द्र प्रसाद सम्बाहाम्फेको परिवारले परिवारको स्मृतिमा अक्षयकोष स्थापना गरेका हुन ।
कुम्मायक–३ का नरेन्द्र प्रसाद सम्बाहाम्फेको श्रीमती नैनकला सम्बाहाम्फेको स्मृतिमा ७१ हजार २०७ रुपैयाँको अक्षयकोष स्थापना गरेको विद्यालयका प्रधानाध्यापक लिलाराज गजुरेलले बताए । विद्यलयको शैक्षिक गुणस्तर सुधारको लागि सम्बाहाम्फे परिवारले विद्यालयलाई सहयोग गरेको गजुरेलको भनाइ छ ।
अक्षयकोष हस्तान्त्रण कार्याक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा ३ नं. वडाअध्यक्ष बाबुराम कार्कीले विपन्न समुदायका बालवालिका अध्यायन गर्ने विद्यालयको गुणस्तर वृद्धि गर्दै छात्रवृति बितरण गर्ने उदेश्यले अक्षयकोष स्थापना गर्नु उदाहरणीय भएको बताए । सम्बाहाम्फे परिवारले गरेको सहयोगको प्रशंसा गर्दै कार्कीले विद्यालय प्रति गरेको यो सहयोगलाई जिवन्त रुपमा राख्ने बताए ।
.jpg)
.png)