Comments Add Comment

पहिलो पटक गाउँपालिकाको एक्सन, व्यवसायिको सामान नियन्त्रणमा

रमेश थापा
पाँचथर: कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजार अस्तव्यस्त भएको भन्दै कुम्मायक–१ को वडा कार्यालयको अगुवाइमा साउन २६ गते बजार व्यवस्थापन सम्बन्धि बैठक बस्यो । वडा कार्यालयमा बसेको गाउँपालिका, व्यवसायी र राजनीतिक दल र पत्रकार सहितको बैठकले बिभिन्न निर्णय ग¥यो। त्यस मध्येको महत्वपूर्ण विषय यासोक बजार व्यवस्थापनको थियो । बजारको नाली, सडकमा राखिएका घर निर्माण र व्यवसायिक प्रयोजनका सामाग्री हटाउन साउन २९ देखि ३२ सम्म सुचना जारी ग¥यो । सोही बमोजिम बजारको सबै क्षेत्रमा सुचना जारी भयो । सुचना जारी भएको तीन दिन अर्थात भदौ १ गते गाउँपालिका, वडा कार्यालय, प्रहरी र उद्योग बाणिज्यसंघको टोली बजार अनुगमनमा निस्कियो ।
बजारमा सुचना कार्यान्वयन भए वा नभएको भन्ने विषयमा पूर्व तयारी सहित यासोक बजार अनुगमन सुरु भयो । जस्को छनक पाएका केही व्यवसायीहरुले आफै सामान हटाए भने अधिकासं हटाएनन् । गाउँपालिकाले निर्माणका सामाग्री, व्यवसायिक प्रयोजनका सामाग्री, खानेपानीका ड्रम नियन्त्रणमा लियो । गाउँपालिकाको टोलीसंग केही व्यवसायीको घम्साघम्सी नै भयो । अन्तत ः गाउँपालिकाले अव्यवस्थित रुपमा राखेका सामाग्री नियन्त्रणमा लिदै बजार क्षेत्रमा सामाग्री नराख्न निर्देशन दियो । 


विगतमा पनि पटक–पटक सुचना जारी गरी सुझाव दिने मात्रै पहल भएको थियो । तर पहिलो पटक गाउँपालिकाले बजारको सामाग्री हटाउन जेसिभि र ट्याक्टरको प्रयोग गरेको थियो । व्यवसायीले सडकमा राखेको बालुवा, रड, पानीका ड्रम नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका खानेपानीका ड्रम, रड र बालुवाको विषयमा के गर्ने ? भन्ने विषयमा पुनःसर्वदलिय र सर्वपक्षिय सहित जनप्रतिनिधिको बैठकले तयगर्ने कुम्मायक–१ वडाअध्यक्ष देवेन्द्रकुमार लावतीले बताए ।
बजारको व्यवस्थापनको विषयमा गाउँपालिकाले निरन्तर अनुगमन र निरिक्षण गर्ने कुम्मायक गाउँपालिका अध्यक्ष वंमप्रसाद लावतीले बताए । साँगुरो सडक पेटीको आसपास राखिएका सामाग्रीले बजार क्षेत्र अस्तव्यस्त भएको भन्दै यस्तो अभियानलाई निरन्तरता दिने लावतीको भनाई थियो । बजार व्यवस्थापनको अभियानमा गाउँपालिका उपाध्यक्ष महेन्द्रबहादुर खड्का सहित प्रहरी, उद्योग बाणिज्य संघका पदाधिकारी कर्मचारी र व्यवसायीहरुको उपस्थिति रहेको थियो । 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ