Comments Add Comment

पाँचथरका युवा उदयले मनास्लु हिमालको आरोहण गर्ने

फालेलुङ गाउँपालिका–३, ताङलेक्पा पाँचथरका युवा उदय केरुङले विश्वको आठौं अग्लो मनास्लु हिमालको आरोहण गर्ने भएका छन्।

यहिं भदौ अन्तिममा ८,१६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्ने उनले बताए। आफ्नो जन्मभूमीलाई चिनाउन हिमाल आरोहण गर्न लागेको उनले बताए। मनास्लु हिमालको चुचुरोमा आफ्नो जन्मभूमी फालेलुङ गाउँपालिकाको लोगो (प्रतीक) सँगै नेपालको झण्डा फहराउने धोको रहेको उदयले बताए। उदयले यसअघि सोलुखुम्बुमा रहेको ६,४७६ मिटर उचाईको मेरो पिक हिमालको सफल आरोहण गरिसकेका छन्।

गोरखा जिल्लामा रहेको मनास्लु हिमालको पहिलोपल्ट सन् १९५६ मे ९ मा जापानी नागरिक टी इमानिस र नेपाली नागरिक ग्याल्सेन नोर्बुले आरोहण गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ