Comments Add Comment

झापाका चार स्थानिय तहमा आज बिदा

झापा, ११ असोज । झापाका चार पालिकाले आज स्थानीय बिदा दिएका छन् ।

मुस्लिम समुदायको विशेष पर्व  हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा जिल्लाका भद्रपुर नगरपालिका, कचनकवल, बाह्रदशी र झापा गाउँपालिकाले बुधबार सूचना निकाल्दै बिहीबार स्थानीय बिदा दिएका हुन् ।

नगर तथा गाउँ कार्यपालिकाको सूचनामा उल्लेख भए बमोजिम कार्यालय तथा पालिका अन्तरगतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरू बन्द रहनेछन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ