Comments Add Comment

देव साहनीको तीज गीत ‘सुको छैन गोजीमा’ सार्वजनिक

काठमाडौं, १८ भदौ । गायक तथा संगीतकार देवबहादुर साहनीले तीज गीत ‘सुको छैन गोजीमा’ सार्वजनिक गरेका छन् । उक्त गीतमा देवबहादुर साहनीलाई स्वरमा साथ दिएका छन् बालगायक सुप्रिम मल्ल ठकुरीले । 

सुको छैन गोजीमा शब्द सृजना र संगीत पनि देवबहादुरकै छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गरेर उनले सो गीत बजारमा ल्याएका हुन् । 

उक्त गीतको भिडियोलाई दीपक अधिकारीले निर्देशन गरेका छन् भने राज पोख्रेलले छायांकन गरेका छन् । 

उक्त गीतको भिडियोमा देवबहादुर सहनी, हिमान्सी अधिकारी र हिमान्सु अधिकारीको अभिनय रहेको छ । 

भिडियाे लिंक : https://youtu.be/K1m7Q4LKr3A?si=_7DhsnpdSSYD16H7

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ