Comments Add Comment

पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई आज भारत जाँदै

काठमाडौं, ३० भदौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई एक साता लामो भ्रमणका क्रममा आज भारत जाँदैछन ।

नेपाल समाजवादी पार्टी (नेसपा)को प्रवास कमिटीको निमन्त्रणामा पुर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराई आज भारत प्रस्थान गर्न लागेका हुन ।

साताब्यापी भ्रमणका क्रममा उनले नेपाली समुदायसँग छलफल र अन्तरक्रिया गर्नुका साथै नेपालको आर्थिक विकासलगायतका विषयमा प्रबचन दिनेछन।

भट्टराईको सचिवालयका अनुसार भारत भ्रमणको क्रममा त्यहाँ रहेका नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्ने कार्यक्रम छ। 

भारतका मुख्य सहरहरू गोवा, कर्नाटक, नयाँ दिल्ली र चन्डिगढमा अायाेजित कार्यक्रममा सहभागी भएर उनी अब असोज ५ गते मात्रै स्वदेश फर्कने छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ