Comments Add Comment

बिपीले परिकल्पना गरेको समावेशिता व्यवहारमा छैन, पहुँचवालाको बोलाबाल छ : पूर्व उपसभामुख यादव

काठमाडौं, ३ असाेज । नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधिसभाकी पूर्वउपसभामुख चित्रलेखा यादवले बिपी कोइरालाले ७० वर्ष अघि परिकल्पना गरेको समावेसिता र सामाजिक रुपान्तरणको परिकल्पनालाई अहिले पनि व्यवहारमा उतार्न नसकिएको बताएकी छन्।

नेपाली कांग्रेसले बिपी कोइरालाको स्मृतिमा कांग्रेसको केन्द्रीय कार्यालय बी.पी. नगर ललितपुरमा आयोजित ‘समावेसिता, सामाजिक रुपान्तरण र बिपी’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै पार्टीको पूर्वकोषाध्यक्ष समेत रहेकी यादवले आज जो प्रधानमन्त्री भयो, उसैको निर्वाचन क्षेत्रमा बजेट फालाफाल हुने र पहुँच वालाकै बोलाबाला चल्ने गरेको बताइन्।

उनको प्रश्न थियो ‘आज जो पहुँचवाला छैन, उसको जिल्ला वा निर्वाचन क्षेत्रमा केही हुँदैन्, केह यही हो त बीपीको समावेसिता? यही हो राजनीतिक रुपान्तरण ?’ नेतृ यादवले नेपाल आज युवा शक्ति निर्यात गर्ने देशको रुपमा चिनिएको भन्दै आफ्ना कमिकमजोरीलाई सुधार्न बिपीको महोत्सवमा सहभागीहरुले दिएको सल्लाहलाई कार्यान्वयन गर्नु पर्नेमा जोड दिइन्। 

उनले भनिन्, ‘यो देश लोकतान्त्रिक गणतन्त्रको देश हो भनेर चिनाउन समावेसिता र रुपान्तरणको अभियानलाई मूर्त रुप दिनु पर्छ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ