Comments Add Comment

वेपता बालक फेला परे, प्रहरीले लगायो परिवारलाई जिम्मा

रमेश थापा
पाँचथर–
पाँचथरको कुम्मायक गाउँपालिकाका वेपत्ता बालक फेला परेका छन् । कुम्मायक–१ का रोहित नेपाली गत मंगलवारबाट वेपत्ता भएका थिए । उनलाई इलाका प्रहरी कार्यालय यासोकको समन्वयमा प्रहरी चौकी माङ्जाबुङबाट खटिएको टोलिले फेला पारी परिवारलाई जिम्मा लगाएको छ। गत मंगलबार देखि घरबाट नेपाली वेपता भएका थिए । वेपता भएपछी प्रहरीले उनको खोजि कार्य तिब्र बनाएको थियो । सोहि क्रममा शुक्रबार दिउसो कुम्मायक-२, फाक्चुवामा नेपाली फेला परेका थिए । 

प्रहरी चौकी माङ्जाबुंङबाट खटिएको प्रहरी टोलिले हराएका वालकलाई फेला पारि परिवारलाई  जिम्मा लगाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ