Comments Add Comment

चाइल्ड नेपालको अध्यक्षमा खकुरेल निर्वाचित

काठमाडौं, २७ असाेज । चाईल्ड नेपालको १९ ओँ साधारणसभा र पाचौं अधिवेशन ठाकुरप्रसाद खकुरेलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरी राजधानीमा सम्पन्न भएको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा  शान्ता दाहाल, सचिवमा रत्न उप्रेती, कोषाध्यक्षमा बद्रीप्रसाद आचार्य र सह–सचिवमा कविता नेपाली निर्वाचित भएका छन् । सदस्यहरुमा कपिल अर्याल, सविता सापकोटा, गीता विक र रेखा चौधरी निर्वाचित भए । साथै बाल सल्लाहकार समिति पनि गठन गरिएको छ ।

समितिमा अजिता राई, आयुष गिरी, हिमानी विक, विकास तामाङ र केशव घिमिरे रहेका छन् । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ