पाँचथर- राष्ट्रिय प्रजातन्त्र पाटीको एकता महादिवेशनपछि असन्तुष्ट पाटीका पूर्व अध्यक्ष कमल थापाले पाटी नफुटाउने बताएका छन् । महादिवेशनमा राजेन्द्र लिङ्देनबाट पराजित भएका थापाले पार्टीबाट कुनै दिन नैतिक आधारमा अलग हुने तर राप्रपा कदापी नफुटाउने बताए । सामाजिक संजालमा एक टुईट गर्दै थापाले यस्तो बताएका हुन ।
राप्रपाको आन्तरिक प्रतिस्पर्धाबाट पराजित भएका उनलाई सामाजिक संजाल र पाटी भित्रैबाट आलोचना बढ्न थालेपछि उनको पछिल्लो प्रतिक्रया सार्वजनिक भएको हो । सामाजिक सञ्जालमा उनले लेखेका छन् । “बिगतमा मैले राजसंस्थाको एजेण्डा बोक्दा प्रतिगामी, पुनरोत्थानवादी र ’सिनो’ बोकेर हिंड्ने भनेर मलाई सत्तोसराप गर्नेहरु नै अहिले मैले राजा राजनीति भन्दा माथी रहनुपर्छ, पार्टीमा चलखेल गर्नुहुंदैन भन्दा मेरो खेदो खनि रहेका छन् । यस्तो देख्दा उदेक लाग्छ ।”
निर्मल निवासको नांगो हस्तक्षेपबाट राजा निष्पक्ष अभिभावक र राजनीति भन्दा माथी बस्न नचाहने स्पष्ट संकेत मिलेको छ । उनले भने् पार्टीबाट कुनै दिन नैतिक आधारमा म अलग हुन सक्छु तर राप्रपा कदापी फुटाउने छैन् ।
.png)